सुदूर नेपाललाई विश्वसँग जोड्दै

लेनदेन मुद्दामा दोषी ठहर भई फरार भएका दुई महिला पक्राउ

२०७८ साउन १३, ०५:३६ खबर संवाददाता

जनकपुरधामः लेनदेन मुद्दामा दोषी ठहर भई फरार भएका दुई जना महिलालाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ।

सिरहा नगरपालिका–७ का ५५ वर्षीया किसतावरी सदा र ४५ वर्षीया सम्पो सदालाई उनीहरुकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

लेनदेन मुद्दामा दोषी ठहर गर्दै सिरहा जिल्ला अदालतले उनीहरुलाई एक वर्ष कैद सजायको फैसला सुनाएको थियो। पक्राउ परेको दुवै महिलालाई फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस