सुदूर नेपाललाई विश्वसँग जोड्दै

उच्च अदालतबाट पूर्वसभामुख महरालाई सफाइ

२०७८ साउन १२, १०:५२ रासस

काठमाडौँ: उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दाबाट सफाइ दिएको छ। 

न्यायाधीशद्वय माधव पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले आज उहाँलाई सफाइ दिएको हो । यसअघि काठमाडौँ जिल्ला अदालतले पनि पूर्वसभामुख महरालाई उक्त मुद्दाबाट सफाइ दिएको थियो। उच्च अदालतले जिल्ला अदालतको निर्णयलाई नै सदर गरेको उच्च अदालतका रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले बताए।
 

कमेन्ट लोड गर्नुस