सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

२०७८ साउन १२, ०९:४५ रासस

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनबीच आज टेलिफोन संवाद भएको छ। 

टेलिफोन वार्तामा नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूबीच द्विपक्षीय रूपमा विकासमा साझेदारी, जलवायु परिवर्तन र  आपसी चासोका विषयमा कुराकानी भएको हो। यस्तै, कोभिड–१९ विरुद्धको लडाइँमा सहयोगसम्बन्धमा समेत टेलिफोन वार्तामा छलफल भएको थियो। 

अमेरिकाले यसअघि नेपाललाई कोरोनाविरुद्धको १५ लाख डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो।
 

कमेन्ट लोड गर्नुस