सुदूर नेपाललाई विश्वसँग जोड्दै

सत्ताइस किलो गाँजासहित एक पक्राउ

२०७८ साउन १२, ०७:३४ रासस

पर्साः पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ बाट २७ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको नेतृत्वको टोलीले गाउँपालिका–४ भतौडा निवासी वासुदेव माझीलाई लागुऔषध गाँजासहित पक्राउ गरिएको हो।

पक्राउ परेका माझीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको पर्साका प्रवक्ता ओमप्रकाश खनालले बताए। 
 

कमेन्ट लोड गर्नुस