सुदूर नेपाललाई विश्वसँग जोड्दै

लुम्बिनीमा शेरचन र गण्डकीमा पृथ्वीमान प्रदेश प्रमुख नियुक्त

२०७८ साउन १२, ०५:२९ खबर संवाददाता

काठमाडौं : सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्त गरेको हो। 

माओवादी नेता शेरचन यसअघि गण्डकी प्रदेशका प्रमुख थिए। भने, गुरुङलाई कांग्रेसको सिफारिसमा नियुक्त गरिएको हो। 

कमेन्ट लोड गर्नुस