सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भोलिदेखि भेरोसेलको पहिलो डोज लगाइँदै, १९ खोप केन्द्र तोकियो

२०७८ साउन १२, ०४:३१ खबर संवाददाता

धनगढीः धनगढीमा साउन १३ गते(भोलि)देखि कोरोना विरुद्धको खोप लगाइने भएको छ। १३ गतेदेखि १६ गतेसम्म उपमहानगरपालिकामा भेरोसेलको पहिलो मात्रा दिइन लागेको हो।

उमहानगरपालिकाले सूचना जारी गर्दै ५५ वर्षदेखि माथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सह–चालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई खोप लगाइने जानकारी दिएको छ। 

उक्त खोप अभियान सञ्चालन गर्न उपमहानगरले १९ वटा खोप केन्द्र तोेकेको छ। खोप प्राप्त गर्न ५५ वर्ष उमेर समूहकाले आफ्नो उमेर खुल्ने आधिकारी प्रमाणपत्र, विश्वविदालय र विद्यालयको हकमा परिचयपत्र, चालक तथा सहचालकको हकमा सवारी साधन नम्बरसहितको तथ्यगत विवरण प्रमाणीत गरेको यातायात व्यवसायी संघको आधिकारीक प्रमाणपत्र लगेर जानुपर्ने छ। यस्तै खोप अनिवार्य गरेको देश जान लागेकाहरुले पासपोर्ट र भिसा देखाएर खोपको मात्रा प्राप्त गर्न सक्नेछन्।

कमेन्ट लोड गर्नुस