सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सवा लाख नगद र साढे ५ किलो चरेससहित दुई जना पक्राउ

२०७८ साउन १२, ०२:०५ खबर संवाददाता

धनगढी : कैलालीमा सवा लाख नगद र साढे ५ किलो चरेससहित दुई जना पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ०८ गिदनियास्थित पूर्वपश्चिम राजमार्गबाट दुई जनालाई पक्राउ गरिएको हो।

गौरीगंगा नगरपालिका वडा नं. ११ शिवपुर बस्ने वर्ष ४० का गोरख भन्ने गोरे धामी र गोदावरी नगरपालिका वडा नं. ६ बस्ने वर्ष ३५ का धनबहादुर धामीलाई पक्राउ गरिएको हो। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट ५ किलो ५०० ग्राम चरेस र एक लाख २० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए। 
 

कमेन्ट लोड गर्नुस