सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसमा थपिए ४ लाख ४३ हजार क्रियाशील सदस्य

२०७८ साउन १२, ०१:२७ खबर संवाददाता

काठमाडौँ : नेपाली काँग्रेसमा ४ लाख ४३ हजार क्रियाशील सदस्य थपिएका छन्। काँग्रेसको १४ महाधिवेशनका लागि देशभरबाट ८ लाख ५४ हजार ७ सय ११ जनाले क्रियाशील सदस्यता पाएका छन्। जसमध्ये ४ लाख ४३ हजार ६६८ जना जना नयाँ थपिएका हुन्। 

त्यस्तै ४ लाख नौ हजार ३३ जनाको सदस्यता नवीकरण भएको छ। काँग्रेसले पार्टीको क्रियाशील सदस्यता छानविन समितिले मंगलबार पदाधिकारी बैठकमा पेस गरेको विवरण अनुसार क्रियाशिल सदस्यमध्ये ६ लाख ५३ हजार ४३८ जना पुरुष र १ लाख ९९ हजार ९७ जना महिला रहेका छन्। 

कमेन्ट लोड गर्नुस