सुदूर नेपाललाई विश्वसँग जोड्दै

जीन्स लगाएको निहुँमा १७ वर्षे किशोरीको हत्या

फोटो : बीबीसी
फोटो : बीबीसी
२०७८ साउन १२, ०१:२४

भारतको उत्तर प्रदेशमा १७ वर्षीय नेहा पासवानलाई उनका नजिकका आफन्तहरूले कुटेर हत्या गरेको आरोप लागेको छ। ती आफन्तले नेहाले जीन्स लगाएको मन नपराएका कारण कुटपिट गरेका थिए।

ती किशोरीसँग उनको पहिरनबारे विवाद भएपछि उनका हजुरबा, हजुरआमा र काकाकाकीहरूले लट्ठीले कुटेका थिए। शकुन्तलादेवीका अनुसार नेहा अचेत भएपछि उनका आफन्तले एउटा ट्याम्पो बोलाएर त्यसैमा अस्पताल लगेका थिए। भोलिपल्ट उनको मृत्यु भएको हो। 

प्रहरीले नेहाका हजुरबा-हजुरआमा, काका-काकी, काका-काकीका छोराछोरी र अटो ड्राइभरसहित १० जनाविरुद्ध हत्या र प्रमाण मेटाउन खोजेको आरोपमा जाहेरी दर्ता गरेको छ।

बीबीसी

कमेन्ट लोड गर्नुस