सुदूर नेपाललाई विश्वसँग जोड्दै

राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्न गोविन्द केसीको माग

२०७८ साउन १२, १२:५८ खबर संवाददाता

प्राध्यापक डाक्टर गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गरेका छन्। डाक्टर केसीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ६ बुँदे खबरदारी पत्र पठाउँदै स्वार्थ बाँझिने व्यक्तिलाई मन्त्री बनाएको भन्दै पदमुक्त गर्न माग गरेका हुन्।

व्यापारी र व्यवसायीहरु घुस खाएर चोरबाटोबाट सांसद र मन्त्री बन्ने गरेको र यस्ता व्यक्तिले आफ्नो व्यवसायको हित हुने गरी कानून बनाएर नितीगत भ्रष्टाचार गर्ने गरेको डाक्टर केसीको दाबी छ।

कमेन्ट लोड गर्नुस