सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानाध्यापकमाथि शिक्षकले गरे ढुंगा प्रहार

२०७८ साउन १२, १२:४८ खबर संवाददाता

काठमाडौं : एउटा विद्यालयको बैठकमा शिक्षकले ढुंगा प्रहार गर्दा प्रधानाध्यापक घाइते भएका छन्। 

रुकुम पश्चिमकोप्रगतिशील आधारभूत विद्यालय त्रिवेणी गाउँपालिका ८ का प्रधानाध्यापक दीपबहादुर खड्कालाई ताकेर सोही विद्यालयका शिक्षक दिनेश खड्काले हानेको ढुंगा लागेपछि उनी घाइते भएका हुन्।

उनको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ। विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेको बेलामा ढुंगा प्रहार भएको बताइएको छ।

आक्रमण गर्ने शिक्षक दिनेश फरार छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए। 

कमेन्ट लोड गर्नुस