सुदूर नेपाललाई विश्वसँग जोड्दै

छोराको कुटाइबाट बाबुको मृत्यु

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ साउन १२, ०६:५५ खबर संवाददाता

इलामः इलाम देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ ।

साउन ७ गते ३४ वर्षीय गिर्जमान मुखियाले घरयासी विवादका कारण बुबालाई कुटपिट गरी घाइते बनाएका थिए। घाइतेको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकी घरतर्फ फिर्ता ल्याउने क्रममा आइतबार राति मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयले कुटपिट गर्ने गिर्जमानलाई पक्राउ गरी अनुसन्धान तथा कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस