सुदूर नेपाललाई विश्वसँग जोड्दै

होटल सञ्चालकसहित ८ जुवाडे पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १२, ०६:०३ खबर संवाददाता

धनगढीः होटल सञ्चालकसहित ८ जुवाडे पक्राउ परेका छन्। सुर्खेत प्रहरीले सोमबार साँझ एक जना होटल सञ्चालनसहित आठ जना जुवाडेलाई पक्राउ गरेको हो। 

वीरेन्द्रनगरको जुम्ला रोडमा रहेको सुर्खेती स्टाप होटलबाट जुवाडेलाई पक्राउ गरिएको  प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरुलाई जुवा खेलिरहेको अबस्थामा पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमा  हाल वीरेन्द्रनगर–३ तातोपानी बस्दै आएका दैलेखको चामुण्डाका बर्ष ३० किरण विष्ट,  वीरेन्द्रनगर–६ रातोपुल बस्ने वर्ष २२ का  बखत शाही,  दैलेखको डुङ्गेश्वर गाउँपालिका घर भई हाल वीरेन्द्रनगर–४ मा बस्दै आएका लोकबहादुर बुढा,  गुराँस गाउँपालिका दैलेख घर भई  वीरेन्द्रनगर–४ भैरवस्थान बस्ने ३० वर्षीय पदमबहादुर बलामी सोही ठाउँमा बस्ने चिङ्गाड गाउँपालिकाका वर्ष ४० का बलहादुर बा्रहघरे रहेका छन्। 

यस्तै गुराँस दैलेखकै  वीरेन्द्रनगर ४ बस्ने यामबहादुर रोकाया, अछामको तुर्माखाँद गाउँपालिका घर भई वीरेन्द्रनगर ३ बस्दै आएका ३५ वर्षीय जिवन शाही रहेका छन्। यस्तै होटेल सञ्चालक दैलेखको डुङ्गेश्वर गाउँपालिका ५ घर भई वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थान बस्ने वर्ष २६ की शकुन्तला न्यौपानेलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

नगद २ लाख १४ हजार ९७० र  विभिन्न बैँकको ११ थान  चेक पनि पक्राउ गरिएको  प्रहरीले जनाएको छ भने प्रभु बैँकको ४ लाख रकम लेखिएको दस्तखत समेत भएको एक थान चेक,  एक गडी तास पनि पक्राउ गरिएको छ।
 

कमेन्ट लोड गर्नुस