सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलले ठक्कर दिँदा ३ जना घाईते

२०७८ साउन ११, १०:४८ खबर संवाददाता

धनगढीः कैलालीमा पैदल यात्रीलाई मोटरसाईकलले ठक्कर दिँदा ३ जना घाईते भएका छन्।

जिल्लाकाे गोदावरी नगरपालिका वडा नम्बर ८ जमुनानगरमा नरेन्द्र सिँहले चलाएको सु प.प्र ०१००९ प २३६९ नम्बरको मोटरसाईकलले पैदल यात्रिलाई ठक्कर दिँदा ३ जना घाइते भएक हुन्। 

मोटरसाईकलले  हिडिरहेका ४० वर्षीया विरेन्द्र बहादुर चन्द र ५५ वर्षीया पदमबहादुर साउँदलाई ठक्कर दिँदा चालकसहित उनीहरु घाइते ३ जना घाइते भएको प्रहरीले जनाएको छ। सबैको  अवस्था सामान्य रहेको र उनीहरुको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको जनाइएको छ। 


 

कमेन्ट लोड गर्नुस