सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यार्थीलाई सिमकार्ड निःशुल्क उपलब्ध

२०७८ साउन ११, ०८:०० रासस

पाल्पाः पाल्पाका रम्भा गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ। 

कोरोना महामारीका समयमा अनलाइन माध्यमबाट पठनपाठन जारी राख्न गाउँपालिकाले निःशुल्क सिमकार्ड उपलब्ध गराइरहेको हो। विद्यार्थी र शिक्षकले एकआपसमा फोन गर्दा पैसा नलाग्ने क्लोज युजर गु्रप सिमकार्ड विद्यार्थीलाई वितरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ। 

सङ्घीय सशर्त अनुदान कार्यक्रमअन्तर्गत कोभिड विशेष कार्यक्रममार्फत करिब तीन लाख २० हजार बजेटबाट निःशुल्क सिमकार्ड वितरण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। उनले भने , “यो कार्यक्रमअन्तर्गत कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई तोकेका छौँ। तर सम्बन्धित विद्यालयले आवश्यकताका आधारमा इन्टरनेटको पहुँच नभएका, न्यून आय भएका र विद्यालयको सम्पर्कदेखि टाढा रहेका विद्यार्थीलाई मिलाएर वितरण गर्न सकिन्छ।”        
 

कमेन्ट लोड गर्नुस