सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भन्सार छलिका अवैध सामान बरामद

२०७८ साउन ११, ०७:२५ खबर संवाददाता

धनगढीः कैलालीमा भन्सार छलिका अवैध सामान बरामद गरिएको छ।  

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलश्वरी कञ्चनपुर मातहत डोकेबजार र गड्डाचौकीबाट खटीएको टोलीले नेपाल भित्र्याउदै गरेका अवैध सामान बरामद गरेको हो। ६ लाख ६५ हजार ७ सय ६६ मुल्य बराबरको किराना समान, हार्डवयरका समान, मोवाईल सेट र विभिन्न प्रकारका औषधी बरामद गरेको गणले जनाएको छ। 

बरामद गरीएका सामान आवश्यक कानूनी कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर र त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाईएको गणले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस