सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उडेको जहाज डाइभर्ट भएर काठमाडौंमा आपतकालीन अवतरण

२०७८ साउन ११, ०६:५१ खबर संवाददाता

धनगढी: धनगढीका लागि उडेको बुद्ध एयरको जहाज फेरि काठमाडौँ आपतकालीन अवतरण भएको छ। काठभाडौँबाट धनगढीका लागि उडेको जहाज भरतपुर क्षेत्रबाट डाइभर्ट गरेर त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो।

हाइड्रोलिक फेल भएर आपतकालीन अवतरण भएको बुझिएको छ। अवतरण गर्दा फायर भेहिकल र एम्बुलेन्ससमेत हाइ अलर्ट अवस्थामा राखिएको थियो। 

भरतपुरबाट डाइभर्ट भएर काठमाडौँमा आपतकालीन अवतरण गरिएपछि अर्को विमानमार्फत यात्रुलाई धनगढी ल्याउन लागिएको बुद्ध एयर धनगढीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस