सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका स्थानीय तहहरुको बैठक सम्पन्न

फोटो क्याप्सन : कैलालीका स्थानीयतहको बैठकमा सहभागि
फोटो क्याप्सन : कैलालीका स्थानीयतहको बैठकमा सहभागि
२०७५ कार्तिक २८, ०७:१२

कैलालीका स्थानीय तहहरुको नियमित बैठक आज धनगढीको भादामा सम्पन्न भएको छ। धनगढी उप–महानगरपालिकाको आयोजनामा बसेको १४ औं नियमित बैंठकले नगरपालिका र गाउँपालिकाका सिमा विवाद सुल्झाउने, ढुंगा, गिट्टी वालुवा सम्वन्धी देखिएका बिवाद सुल्झाउने,मदिराको बिक्रि–वितरणलाई ब्यबस्थीत गर्ने, पर्यटकिय स्थालको अध्ययन र कनेक्टीभिटी बढाउने, सामुदायीक पशु चौपयाको व्यवस्थापनका बिषयमा छलफल तथा निर्णय भएको छ।
जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाले बिभिन्न ५ वटा बिषयमा छलफल तथा निर्णयहरु भएको बताए। धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सबै स्थानीयतहमा केहि न केहि समस्या देखिने गरेको बताए। उनले भने, नियमित बैठकमा स्थानीयतहले गरेका राम्रा अभ्यासहरु अरु स्थानीय तहसंग आदान प्रदान गर्ने गर्दछौं। धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले नियमित बैठकले एक स्थानीयतहबाट अर्को स्थानीयतहले थुप्रै कुरा सिकिरहेको बताईन। उनले भनिन्, जनप्रतिनिधी र प्रमुख प्रशासकिय अधिकृत बिच अन्तरक्रिया समेत हुने गरेको छ यो आफैमा राम्रो कुरो  हो।
आजको बैठकमा कैलालीका १३ वटै स्थानीय तहका प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको थियो। आउदो बैठकको आयोजना चुरे गाउँपालीकाले गर्ने छ।

 

कमेन्ट लोड गर्नुस