सुदूर नेपाललाई विश्वसँग जोड्दै

जसपा विवादमा रेशम चौधरी तटस्थ !

२०७८ साउन ११, ०३:०२ खबर संवाददाता

धनगढीः जनता समाजवादी पार्टी जसपाको विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन्। सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन्। 

डिल्लीबजार कारोगारबाट आयोगमा उपस्थित भएका उनले केहीबेर नेताहरुसँग छलफल गरेका थिए। छलफलपछि उनले आफूलाई कुनै पक्षमा लाग्नु नरहेको भन्दै मुल पार्टी जसपा भएकाले तटस्थ बस्ने निर्णय लिएका छन्। 

आयोग परिसरबाट बाहिरिने क्रमममा उनले आफ्नो एकमात्र एजेण्डा न्याय, न्याय र न्याय रहेको बताए । 

कमेन्ट लोड गर्नुस