सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेताहरुको तानातानमा रेशम चौधरी

२०७८ साउन ११, ०२:५३ खबर संवाददाता

काठमाडौँः जनता समाजवादी पार्टी जसपाको विवादमा सनाखत गर्न निर्वाचन आयोग पुगेका केन्द्रीय कार्यकारिणी परिषदका सदस्य रेशम चौधरी नेताहरुको तानातानमा परेका छन्।

आयोगको कार्यालय पुग्नासाथ दुवै समूहले उनलाई आफ्नो पक्षमा मतदान गर्न तानातान गरेका थिए।

तर रेशमले अहिलेसम्म कुनै निर्णय लिन सकेका छैनन्।

उनले आफूहरुले नेताहरुसँग छलफल गरेर मात्रै निर्णय लिने पत्रकारहरुलाई बताए।

अहिले दुवै समूहका नेताहरुसँग रेशमको छलफल चलिरहेको छ।

कमेन्ट लोड गर्नुस