सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेशम चौधरीले गुट फेरे !

यादव पक्षमा ३५, ठाकुर पक्षमा १६

२०७८ साउन ११, ०१:३१ खबर संवाददाता

धनगढीः जनता समाजवादी पार्टीका ५१ कार्यकारिणी सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा स्पष्ट बहुमत सदस्य उभिएका छन्।

निर्वाचन आयोगमा उपस्थित भएर ३५ जनाले यादवको पक्षमा सनाखत गरेका छन् भने महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेको नेताहरुले बताएका छन्। अध्यक्ष यादवले आफूहरुको पक्षमा अहिलेसम्म ३४ जनाले हस्ताक्षर गरेको बताए। उनी निकट स्रोतका अनुसार रेशम चौधरी पनि अहिले उपेन्द्र यादवकै पक्षमा उभिएका छन्।

उनलाई निर्वाचन आयोगमै उपस्थित गराएर हस्ताक्षर गराउने तयारी भइरहेको छ। यसअघि ठाकुरसँगै रहेका नेताहरु अमृता अग्रहरी, राजकिशोर यादव, मनिष सुमन, रेशम चौधरी र गोविन्द चौधरी यादव पक्षमा सहभागी भएका थिए।

ठाकुर समूहमा रहेका नेता शरतसिंह भण्डारीले पनि आफूहरुको पक्षमा १६ जनामात्रै रहेको जानकारी गराए।
 

कमेन्ट लोड गर्नुस