सुदूर नेपाललाई विश्वसँग जोड्दै

१२ लाख हवाई भाडा तिरेर अस्ट्रेलिया

२०७८ साउन ११, ११:३६ खबर संवाददाता

काठमाडौँ: अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीको एकतर्फी हवाई भाडा कम्तीमा ११ लाख ९० हजार रुपैयाँ तिर्नु परिरहेको छ।  

अस्ट्रेलियाले लागू गरेको यात्रुको आगमन कोटा प्रणालीका कारण काठमाडौंबाट त्यहाँ पुग्न उक्त भाडा तिर्नु परिरहेको हो। कोभिड संक्रमणका कारण अस्ट्रेलियाले उक्त कोटा प्रणाली लागू गरेको बताइएको छ। यो भाडादर कोभिड महामारीअघिको दाँजोमा करिब ११ सय प्रतिशत बढी हो। 

कोरोना संक्रमण नियन्त्रण गर्न अस्ट्रेलियाले अहिले विश्वभरबाट प्रतिदिन ५ सय यात्रुलाई मात्रै प्रवेश गर्न दिने नियम बनाएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सले जनाएको छ। 

अस्ट्रेलियाजस्तै जापानले पनि यात्रुको संख्याको कोटा निर्धारण गरेको छ। 
 

कमेन्ट लोड गर्नुस