सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

२०७८ साउन १०, १०:४९ रासस

जाजरकोट: बारेकोट गाउँपालिका–८ बाट नलगाड नगरपालिका–५ को सिमाना खारातर्फ आउँदै गरेको ग१ज ४९५५ नंको जिप लैखममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने चारजना घाइते भएका छन्। बारेकोट गाउँपालिका–८ की ५५ वर्षीया लक्ष्मी सिंहको घटनास्थलमै मृत्यु भएको छ।

घाइतेहरूमा बारेकोट गाउँपालिका–८ की २५ वर्षीया समीक्षा सिंह, २३ वर्षीय दीपक खत्री, २६ वर्षीय बलबहादुर खत्री र नलगाड नगरपालिका–५ का १८ वर्षीय मिलन शाही घाइते भएका छन्।

घाइतेहरूको उपचारका लागि स्वास्थ्य संस्था दल्ली ल्याइएको प्रहरीले जनाएको छ । चालक बारेकोट–८ का राजु सिंह फरार रहेको प्रहरीले जनाएको छ। जिप बलबहादुरले चलाउँदा दुर्घटना भएको बताएको छ । गाडी नलगाड नदीमा खसेको छ।

 

कमेन्ट लोड गर्नुस