सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसदीय समितिको बैठकमा बबालः नारदमुनिले मागे अडियो भिडियो रेकर्डिङ

२०७८ साउन १०, ०६:४३ खबर संवाददाता

काठमाडौंः आइतबार नेकपा एमालेको विवाद संसदीय समितिमा विवाद भएको छ।  संसद् पुनःस्थापनापछि पहिलोपटक आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमालेका दुई पक्षबीच भनाभन भएको थियो। 

आफ्नो बोल्ने पालो आएपछि एमाले ओली खेमामा रहेका सांसद नारदमुनि रानाले अहिलेको संसद र सरकार परमादेशले बनाएको भनेपछि काँग्रेस, माओवादी र माधव नेपाल पक्षका सांसद आक्रोशित बनेका थिए। त्यसपछि आक्रोशित लयमै नेता नेपाल र सांसद भट्टले, ‘प्रतिगमनका मतियारहरू बाहिर जानुस्’ भनेका थिए।

प्रतिगमनलाई साथ दिने अनि समितिमा आएर जथाभावी भनेको भन्दै नेपाल र भट्टलगायत कांग्रेसका सांसदहरू पनि सांसद रानामाथि खनिएका थिए। आज भएको उक्त घटनापछि सांसद नारदमुनी रानाले उक्त बैठक अवधिभरको भिडियो र अडियो रेकर्डिङ माग गरेका छन्। संसदीय समितिको सचिवाललाई पत्र लेख्दै उनले  भिडियो र अडियोको रेकर्डिङ माग गरेका हुन्।

No description available.

कमेन्ट लोड गर्नुस