सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्पले डस्दा बालिकाको मृत्यु

२०७८ साउन १०, ०५:४३ खबर संवाददाता

दाङ: दाङमा सर्पले टोकेर दुई वर्षीया बालिकाको ज्यान गएको छ। शान्तिनगर गाउँपालिका वडा नम्बर ६ का राजेन्द्र चौधरीकी दुई वर्षीया छोरी आराजी चौधरीलाई आफ्नै घरको आँगनमा खेल्दै गर्दा सर्पले डसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बालिकालाई सर्पले टोकेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो।

कमेन्ट लोड गर्नुस