सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ट्राफिक प्रहरीले ट्याक्टरको ट्रालीमा पनि टाँस्यो ‘टल्कने स्टिकर’

२०७८ साउन १०, ०३:०३ खबर संवाददाता

धनगढीः धनगढीमा ट्राफिक प्रहरीले ट्याक्टरको ट्रालीमा टल्कने स्टिकर टाँसेको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले रातिको समयमा हुने सवारी दुर्घटना न्युनिकरणका लागि ट्रालीमा टल्कने स्टिकर टाँसेको हो।

ट्याक्टरको ट्रालीमा लाईटहरुको ब्यवस्था नहुने हुदा टल्किने स्टिकर टाँस्नुपरेको कैलाली ट्राफिकका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले बताए।

यसअघि प्रहरीले धनगढीमा छाडा पशु चौपायामा पनि टल्किने स्टिकर लगाएको थियो।

कमेन्ट लोड गर्नुस