सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावल र माधव एक बनाउन सुदूरपश्चिमका नेताको राजधानीमै बास

२०७८ साउन १०, १२:५५ खबर संवाददाता

धनगढीः नेकपा(एमाले)भित्रको विवाद कायमै रहेका बेला समस्या समाधानका लागि सुदूरपश्चिमका एमाले नेताहरु कस्सिएर लागि परेका छन्। नेताहरुले जुनसुकै हालतमा पनि एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलबीच बढेको दूरी घटाउन खटेको बताएका छन्।

सुदूरपश्चिम सरकारका आर्थिक मामिला मन्त्रीसमेत रहेका प्रकाशबहादुर शाहको नेतृत्वमा संघीय राजधानी काठमाडौं गएको टोलीले नेता नेपाल र रावललाई भेटेर आफ्नो कुरा राखिसकेको छ। वरिष्ठ नेतासँगको भेटमा शाहसहितको टोलीले अलग अलग अघि बढेर कसैको फाइदा नभएको उल्लेख गर्दै भीम रावल र नेता नेपालले एक हुनुपर्ने आग्रह गरेको स्रोतले बताएको छ।

यता नेता नेपालले त्यसबारे आफू सकरात्मक रहेको प्रतिक्रिया दिएका छन्। यसअघि सुदूरपश्चिमबाट गएका सांसदहरुले नै दबाव दिएर रावलले राजीनामा समेत फिर्ता लिएका थिए।

नेपाल र रावलबीच कुनै कुरामा असमझदारी पैदा भएको बुझिएको छ। एमालेभित्र भीम रावल बिच्किनुमा सिद्धान्तको प्रभाव रहेको सुदूरपश्चिमका एक नेताले बताए। पार्टी एकता गर्ने हो भने सबै नेताहरु मिलेर जानुपर्ने पार्टी एकताका लागि राजधानी पुगेका  सुदूरपश्चिमका एमाले नेताहरूको धारणा छ।

कमेन्ट लोड गर्नुस