सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्मलाका हत्यारा पत्ता लगाउन प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण

२०७८ साउन १०, ११:१४ खबर संवाददाता

धनगढी : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तको हत्यामा संग्लनलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत प्रवक्ता शर्माले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडलाई निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गरेका हुन्।

‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ वर्ष पुग्यो। प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु। प्रतिपक्षमा छँदा प्रश्न थिए हामीसँग। सत्तारुढ बनेपछिको समयले जवाफ माग्छ। सरकार भर्खर बनेको छ। अब गहन दायित्व निभाउन विशेष गम्भीरता अपेक्षित छ,’ उनले भनेका छन्, ‘बालिका र महिला उपर हिंसा, बलात्कार र हत्याको अनेक घटना देशले जो व्यहोर्दै आयो, त्यो नियन्त्रण गर्न राज्यको कठोरतासँगै राजनीतिक द्वन्द्व भन्दामाथि सामाजिक रुपान्तरणको साझा अठोट र अभियान जरुरी छ। निर्मलालाई न्यायसँगै, कसैले पनि यस्तो नियति भोग्न नपरोस्, विशेष तदारुकता बढाऔँ।’

कमेन्ट लोड गर्नुस