सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रीवाट बर्खास्त सोडारी नेकपाको साधारण सदस्यबाट समेत निष्कासित

२०७५ कार्तिक २७, ०७:२७

मन्त्रीवाट बर्खास्त दिर्घ सोडारीलाई नेकपाको साधारण सदस्यबाट समेत निष्कासित गरिएको छ । पदिय मर्यादा विपरित काम गरेको भन्दै सामाजिक विकास मन्त्रीबाट हटाईएका सोडारीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको हो । आज विहान मन्त्रीवाट बर्खास्त भएका उनलाई आज साँझ नेकपा सुदूरपश्चिम प्रदेश कमिटिले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको प्रदेश कमिटिले जानकारी दिएको छ ।

यसअघि नेकपा कैलालीको अध्यक्ष रहेका सोडारी कैलाली क्षेत्र नम्वर ४ को क वाट प्रदेश सभामा विजयी हुँदै सामाजिक विकास मन्त्री वनेका थिए । उनलाई मन्त्रीबाट हटाएर कैलाली क्षेत्र नम्वर ४ को ख वाट विजयी कृष्णराज सुवेदीलाई सामाजिक विकास मन्त्रीमा प्रदेश सरकारले नियुक्त गरिसकेको छ । नेकपाको पार्टीको सदस्य नरहने गरी निष्कासन गरिए सोडारीको सांसद पद भने यथावत रहनेछ ।
 

कमेन्ट लोड गर्नुस