सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा स्कारपियो दुर्घटना हुँदा ७ जना घाइते, ३ को अवस्था गम्भीर

फाइल फोटो
फाइल फोटो
२०७८ साउन १०, ०८:३६ खबर संवाददाता

धनगढी: कैलालीमा स्कारपियो दुर्घटना भएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको घोडाघोडी नगरपालिका -१० पहलमापुरमा शनिबार राति साढे ८ बजे ना अ प खा ९७४ नम्बरको स्कारपियो दुर्घटना भएको प्रहरीले बताएको छ।

छाडा चौपाया बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ। दुर्टनामा चालकसहित स्कारपियोमा सवार ७ जना घाइते भएका र ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा चालक धनगढी उप महानगरपालिका -१२ मनहेराका ३५ वर्षीय धनराम चौधरी, ३० वर्षीय तुलसी राना र २७ वर्षीय राजकुमार चौधरी रहेका छन्। राजकुमारको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने चालकसहित दुई जनाको धनगढीस्थित सीपी हस्पिटलमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस