सुदूर नेपाललाई विश्वसँग जोड्दै

भिरबाट खसेर एक जनाको मृत्यु

२०७८ साउन ९, ०७:३८ रासस

सङ्खुवासभा: सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ चेप्चेवामा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सिलिचोङ–१ केवाडाँडाका २१ वर्षीय दिनेश राई रहेको प्रहरीले जनाएको छ। आज दिउँसो साढे २ बजे सिलिचोङ–१ स्थित स्वास्थ्यचौकीको फर्निचर बोकेर आउँदै गर्दा २१ वर्षीय राईको चेप्चेवा भिरबाट सिसुवा खोलामा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस