सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ४३ हजार नाघ्यो

२०७८ साउन ९, ०५:१७ रासस

बेइजिङ: कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ४३ हजार नाघेको छ । 

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख ४३ हजार १०५ जनाको मृत्यु भएको छ। विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ३१ लाख ६५ हजार ६२२ जना रहेका छन । विश्वभर तीन अर्ब ७८ करोड ६३ लाख ३ हजार ६८५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। 

 

कमेन्ट लोड गर्नुस