सुदूर नेपाललाई विश्वसँग जोड्दै

हाम्रा सबै सांसदलाई मन्त्री चाहियो, म निकै तनावमा छुः प्रचण्ड

फाइल फोटो
फाइल फोटो
२०७८ साउन ९, १२:४० खबर संवाददाता

काठमाडौँ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई मन्त्री बनाउन भन्दै पार्टीका सबै सांसदको दबाब आएको बताएका छन्। कम्युनिस्ट नेता नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीका ४९ जना सांसदको मन्त्री बनाउन दबाब आएको उल्लेख गरेका हुन्। 

उनले भने, ‘हामीले धेरै पायौँ भने ७ जनासम्मलाई मन्त्री बनाउन पाउने हो। यहाँ मन्त्री पाइएन भने नेतृत्वलाई सराप गर्ने, मन्त्री पाए मात्र काम गर्ने प्रवृत्ति अहिले जबरजस्त रूपमा विकास भएको छ। या ठूलै नियुक्ति पायो भने ठिक छ, पाएन भने नेतृत्व बदमासै हो भन्ने प्रवृत्ति छ। तीन चार दिनदेखि म निकै मानसिक तनाव भित्र छु।  मलाई त ४९ जनालाई नै मन्त्री बनाइदिन पाए हुन्थ्यो जस्तो लागेको त छ। हामी कुरा गर्दा कम्युनिस्ट पार्टी यस्तो हुनुपर्छ भनेर आदर्शका कुरा गर्ने तर चित्त भने मन्त्री पद पाइन्छ कि पाइँदैन भन्ने छ।’


 

कमेन्ट लोड गर्नुस