सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

फाइल फोटो
फाइल फोटो
२०७८ साउन ९, ०८:५७ खबर संवाददाता

काठमाडौँ: नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ।  

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बिहान ९ बजे आगामी १४ औं महाधिवेशनलगायतको विषयमा छलफल गर्न बैठक बस्ने  बस्ने भएको हो। शुक्रबार बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको थियो।

बैठकमा वडाको अधिवेशन ४ दिन पछाडि धकेलेर साउन १६ गर्ने र अन्य तहको अधिवेशन तोकिएको समयमा गर्नेबारे छलफल भएको हो। यो विषयमा आज टुंगो लाग्ने बताइएको छ।

कमेन्ट लोड गर्नुस