सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१६ डोज खोप लगाइयो

२०७८ साउन ८, ०७:१९ रासस

बाल्टिमोर,मेरील्याण्ड: विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन्।  चीनमा एक अर्व ४७ करोड १६ लाख ५ हजार  डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। भारतमा ४२ करोड ३४ लाख १७ हजार ३० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। 

अमेरिकामा  ३३ करोड ८७ लाख ३८ हजार १२५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा १२ करोड ३१ लाख ११ हजार ९०० डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ। जर्मनी ८ करोड ७८ लाख ७३ हजार ७२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।  बेलायतमा ८ करोड ३७ लाख २२ हजार ५१४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ। 

जापान ७ करोड ३९  लाख ७० हजार ८८८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। फ्रान्समा ६ करोड ७४ लाख २ हजार ६९० डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ। टर्कीमा ६ करोड ४६ लाख २३ हजार ४६३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली  ६ करोड  ३८ लाख ७९ हजार ३९१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। 

कमेन्ट लोड गर्नुस