सुदूर नेपाललाई विश्वसँग जोड्दै

माधव नेपाल भन्छन् : बडामहाराज खुशी हुनुभयो, हामीलाई आममाफी मिलेछ !

२०७८ साउन ८, ०६:०२ खबर संवाददाता

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आममाफी दिने पार्टी अध्यक्ष केपी शर्मा ओलीको घोषणालाई श्री ५ को हुकुमको संज्ञा दिएका छन्।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘हिजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरुलाई आममाफी दिइन्छ। एम्नेस्टी इज ग्रान्टेड। हामी गदगद् भयौं !’

‘महाराजधिराज खुशी हुनु भएको छ। हामीलाई आममाफी मिलेछ। नाच्नु पर्ने भयो, खुशी हुनुपर्ने भयो। यही हो पद्धति रु यसलाई कम्युनिष्ट पद्धति भनिन्छ ?’ उनले भने।

आफूहरुलाई स्पष्टीकरण सोध्नु गल्ती भएको अध्यक्ष ओलीले स्वीकार गर्नुपर्ने नेता नेपालले बताएका छन्। उनले अघि भनेका छन्, ‘स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले हतार गरें। अब फिर्ता लिएको छु भनिदिएको भए हाइट घट्थ्यो ?’

 

कमेन्ट लोड गर्नुस