सुदूर नेपाललाई विश्वसँग जोड्दै

राति १५/२० जनाले मेरो निवास अगाडि तर्साउन खोजेः माधव नेपाल

२०७८ साउन ८, ०४:३७ खबर संवाददाता

काठमाडौं: एमाले नेता माधव कुमार नेपालले कोटेश्वरस्थित आफ्नो निवास अगाडि राती मोटरसाइकलमा १५÷२० जना आएर तर्साउन खोजेको खुलासा गरेका छन्। उनले आफू त्यस्तो प्रवृत्तिबाट नर्तसिनेपनि बताए। 

राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा त्यस्तो खुलासा गरेका हुन् । पार्टीभित्र विवाद चर्किरहेका बेला आफूलाई तर्साउने नियतले त्यसो गरिएको उनको भनाइ थियो। उनले बिहीबार भक्तपुरमा पिपुल्स भोलिन्टियर गठन गर्दा आफूले कार्यकर्तालाई ‘बाँदर’ बनेर नहिँड्न निर्देशन दिएको पनि बताए। 

नेपालले पार्टी अध्यक्ष केपी ओलीलाई महाराजधिराजको संज्ञा पनि दिए। उनले भने, ‘हिजो महाराजधिराजबाट आदेश आयो, माधव कुमार नेपाल लगायतलाई सबैलाई आम माफी दिएँ। के त्यही हो कम्युनिष्ट आदर्श ?’
 

कमेन्ट लोड गर्नुस