सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवालाई नेम्वाङको खुसुक्क : प्रधानमन्त्रीज्यू निर्वाचन नसार्नुहोला है !

२०७८ साउन ८, ०२:३९ खबर संवाददाता

काठमाडौँ: प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन नसार्न आग्रह गरेका छन्। नवनियुक्त प्रधानमन्त्रीलाई दलका नेताहरूले बधाइ तथा शुभकामना दिँदै शुक्रबार नेम्वाङले यो आग्रह गरेका हुन्।

उनले भने, 'यो निर्वाचन हामीले सफलतापूर्वक सम्पन्न गर्नुपर्नेछ। म सभामुखमार्फत खुसुक्क मात्रै, अन्यथा केही होइन,  खुसुक्क मात्रै प्रधानमन्त्रीले मात्र सुन्नेगरी भन्छु- प्रधानमन्त्रीज्यू यो निर्वाचन नसार्नुहोला है।'

अब राजनीतिक आन्दोलन समय सकिएकोसमेत नेम्वाङले बताए। 'अब राजनीतिक आन्दोलन सकियो  अब जनताको भावना अनुसार जुनसुकै अवस्थामा पुग्न सकिन्छु, उनले थपे,'हामी जिम्मेवारी प्रतिपक्षीको भूमिका निर्वाह गर्छौ।'

त्यस्तै नेम्वाङले प्रतिनिधि सभा अधिवेशनको पहिलो बैठकमा कुनै पनि विशेष काम गर्न नहुँनेसमेत बताए। तर, सरकारले विश्वासको मत लिएको भन्दै उनले असन्तुष्टि जनाए। 'पहिलो बैठकमा कुनैपनि विशेष काम हुँदैन। तर पहिलो बैठकमै विश्वासको मत लिने काम भयो, उनले थपे, 'दल र सांसदहरूले तयारी गर्नुपर्छ । तर यो समय नै भएन।'

कमेन्ट लोड गर्नुस