सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनदहाडै अत्तरियामा केटाहरुको समूहद्वारा किशोरीमाथि कुटपिट

२०७५ कार्तिक २६, १०:३५ खबर संवाददाता

कैलालीको गोदावरी नगरपालिका अत्तरियामा दिनदहाडै एक किशोरीमाथि कुटपिट भएको छ। ७, ८ जना केटाहरुको समुहले १७ बर्षिय किशोरीमाथि कुटपिट गरेको हो। आज विहान १०  बजे कलेज विदा भएपछि घर फर्किने क्रममा १७ बर्षिय ईश्वरि चौधरीमाथि कुटपिट भएको हो। चौधरीसंगै पढ्ने केटाहरुको समुहले अत्तरिया रिङ्गरोड नजिक कुटपिट गरेको पीडितकी आमा सरस्वती चौधरीलीले बताईन्।

कुटपिट गरि मरिसकेकी भनेर नालिमा फालेर ढाकेर गएका र होस आएपछि रोडमा आउदा स्थानीयले पदमा अस्पताल पु¥याएको पीडित चौधरीले बताईन्। अहिले किशोरीको पदमा अस्पतालमा उपचार भईरहेको छ भने कुटपिटमा संग्लनको खोजी जारी रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस