सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

२०७५ कार्तिक २६, ०६:३७

सरकारले नेपाल विद्यार्थी संघका नेताहरुलाई गिरफ्तार गरेको विरोधमा धनगढीमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरिएको छ । नेपाल बिद्यार्थी संघ कैलालीले धनगढीको एलएन चौकमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो । नेपाल बिद्यार्थी संघको पुर्व घोषित कार्यक्रम अनुसार आज प्रधानमन्त्रीको पुत्ला दहन गरिएको हो । नेपाल बिद्यार्थी संघको ३ दिने विरोध कार्यक्रम अनुसार आज प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ भने भोली २ घण्टा बन्दको आह्वान गरिएको छ ।

प्रधानमन्त्री ओलीको तस्विर प्रयोग गरेर कार्टून बनाईएको पोस्ट फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ परेका काभ्रेका कार्यकर्ता कृष्ण ढकालको रिहाईको माग गर्दै संघले सरकार विरुद्ध आन्दोलन गर्दै आएको छ । आन्दोलनकारीले ढकालको तत्काल रिहाई नभए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
 

कमेन्ट लोड गर्नुस