सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

। फोटो स्रोत ।
२०७८ साउन ८, ०७:०२ खबर संवाददाता

धनगढी : देशभर शुक्रबारको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का र मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, लुम्बिनी तथा बागमती प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। शुक्रबार राति पनि यस्तै मौसमी प्रणाली रहने मौसमविदको पूर्वानुमान छ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। राति सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले  पहाडी  भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। नदी नाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।

कमेन्ट लोड गर्नुस