सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेस यूनियन कैलालीको नयाँ नेतृत्व

२०७५ कार्तिक २६, ०४:११

नेपाल प्रेस युनियन कैलाली शाखाको पाँचौ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । श्रवण देउवाको अध्यक्षतामा निर्विरोध नयाँ कार्य समिति चयन भएको हो । नयाँ कार्य समितीको उपाध्यक्षमा दिनेश दहित, महिला उपाध्यक्षमा भावना जोशी सचिवमा सीताराम ओझा, सहसचिवमा अनिता चौधरी र कोषाध्यक्षमा सुनिल आउजी चयन भएका छन् ।  

कार्य समितिको खुला सदस्यमा गगन ऐडी, कृतबहादुर विष्ट, प्रदिप पाठक, धमेन्द्र विष्ट, कैलाश कठायत, शंकर बोहरा, शेर बहादुर ऐर, हेमराज भट्ट चयन रहेका छन् । त्यस्तै महिला सदस्यमा उर्मिला अवस्थी, सविता वुढा र रुपा साउद छानिएका छन् । यस्तै जनजाति आदिवासी सदस्यमा रञ्जित लामा, मधेसी सदस्यमा विवश चौधरी  र आरिक्षत सदस्यमा विवेक नागरी चयन भएका छन् ।

कमेन्ट लोड गर्नुस