सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिन्दूवादीले जलाए बाबुराम भट्टराईको पुत्ला

२०७८ साउन ७, ०९:०७ खबर संवाददाता

काठमाडौंः विश्व  हिन्दू परिषद नेपालले जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध आज प्रदर्शन गरेको छ। हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै परिषद्ले राजविराज, वीरगन्ज जस्ता देशका मुख्य सहरहरूमा प्रदर्शन गरेको हो। विश्व हिन्दू परिषद् नेपालका कार्यकर्ता एवं हिन्दूवादी युवाहरूले डा.भट्टराई विरुद्ध नाराबाजी गर्दै पुत्ला समेत जलाएका थिए।

बहुसङ्ख्यक सनातन धर्मावलम्बिहरुले आस्थामाथि खेलबाड गर्दै अभद्र टिप्पणीले समस्त सनातनीहरूलाई मर्माहत बनाएको उनीहरुको आरोप छ। हिन्दू विरुद्ध अभद्र टिप्पणी गर्नेलाई यथाशीघ्र कानुनी कारबाही गर्न सम्बन्धित निकाय समक्ष परिषद्ले माग पनि गरेको छ।
 

कमेन्ट लोड गर्नुस