सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसएसपी राणा डीआईजीमा बढुवाका लागि सिफारिस

२०७८ साउन ७, ०९:०४ खबर संवाददाता

काठमाडौंः नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणा प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्।

जनपद प्रहरी समूहतर्फबाट प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार राणालाई बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव निरजबहादुर शाहीले जानकारी दिए।

राणा हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा कार्यरत छन्। उनी प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन्। 
 

कमेन्ट लोड गर्नुस