सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशै छाडेका राजालाई काँग्रेसले फर्कायो : केपी ओली

२०७८ साउन ७, ०३:२७ खबर संवाददाता

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र मान्ने वा नमान्ने सन्दर्भमा नेपाली कांग्रेसमा अझै विवाद रहेको दाबी गरेका छन्। आफूलाई लोकतान्त्रिक पार्टी ठान्ने काँग्रेसले विगतमा संवैधानिक राजतन्त्रलाई आदर्श मानेर हिँड्नु आश्चर्यजनक रहेको ओलीको टिप्पणी थियो।

पुष्पलाल स्मृति दिवसका अवसरमा बोल्दै एमाले अध्यक्ष ओलीले जन्मसिद्ध श्रेष्ठतालाई मान्ने कार्य कहिल्यै लोकतान्त्रिक नहुने बताए। ‘मित्र शक्तिहरूलाई एक्ल्याउन खोज्ने, अनेकथरी षड्यन्त्रकारी नन्दी भ्रिंगीसँग सहकार्य गर्ने कांग्रेसको नीति २००७ सालदेखिकै हो। आजको नीति पनि त्यही हो। लोकतन्त्र ल्याउन बलिदान गरेर आएको शक्तिसँग सहकार्य गर्न तयार नहुने, लोकतन्त्रविरोधी शक्तिसँग सहकार्य गर्ने कांग्रेसको नीति हो,’ उनले भने।

‘लोकतन्त्र तथ्यहीन सामन्तवादसँग सम्झौता गर्ने सिद्धान्त होइन। लोकतन्त्र जनताको तन्त्र, जनता सार्वभौम रहेको तन्त्र हो,’ ओलीले भने,‘ कुनै परिवारमा जन्मेको आधारमा शासक छानिनु नपर्ने हो, तर, नेपाली कांग्रेसले त्यो ग¥यो। नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रलाई हिजो–अस्तिसम्म आफ्नो आदर्श बनायो। आज पनि त्यहाँ राजतन्त्रबारे विवाद चलिरहेकै छ।’

२००७ सालमा देश नै छाडेर हिँडिसकेका राजालाई नेपालमा फर्काउने काम कांग्रेसले नै गरेको उनले बताए। ‘नेपालमा प्रजातन्त्र आएपछि त्रिभुवन विजयी भएजस्तो देखियो। उनले नै प्रजातन्त्र दिए भन्ने देखियो। प्रधानमन्त्री मोहनशम्शेर नै भए। कांग्रेसले गृहमन्त्रीमा सम्झौता ग¥यो,’ उनले थपे,‘कांग्रेस विजयी भएजस्तो हुनुपर्ने थियो, तर कुनामा देखियो।’

पुष्पलालले लोकतान्त्रिक शक्तिहरूबीच  सहकार्य गर्ने योजना बनाएपनि कांग्रेस त्यसको विरुद्धमा देखिएको उनले बताए। ‘मोहन शम्शेर प्रधानमन्त्रीबाट हटेर ००८ सालमा मातृका प्रसाद कोइराला कांग्रेसका सभापति प्रधानमन्त्री हुनासाथ कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध नै लाग्यो ।  लोकतन्त्रवादी शक्तिहरु मिल्नुपर्छ भनेर अघि बढेका पुष्पलालको विचारलाई कांग्रेसले मानेन।’ उनले भने। 

कमेन्ट लोड गर्नुस