सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोली लागेको अवस्थामा एक युवकको शव फेला

फाइल फोटो
फाइल फोटो
२०७८ साउन ७, ११:३४ रासस

चितवन: भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन्। 

उनको टाउकोमा गोली लागेको र नजिकै खोकासमेत भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृतावस्थामा फेला परेका हुन्। उनको टाउकामा गोली लागेको जस्तो घाउ देखिएको छ।

नजिकै गोलीको एउटा खोका पनि भेटिएको उनले जानकारी दिए। बिहान अबेर मात्र घटनाका विषयमा जानकारी प्राप्त भएको जनाउँदै उनले मृत पुरुषको सनाखत भई नसकेको बताए। सो क्षेत्रमा प्रहरीले शव निकालेर घटनाको अध्ययन थालेको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस