सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल राष्ट्र बैंकका अधिकारीहरुलाई १५ वटा बैंक ह्याक गर्ने चेतावनी

२०७८ साउन ७, ११:१४ खबर संवाददाता

काठमाडौँ: नेपाल राष्ट्र बैंकका अधिकारीहरुलाई १५ वटा बैंक ह्याक गर्ने चेतावनी आएको छ। बैंकका प्रवक्ता देवकुमार ढकाल, सहप्रवक्ता नारायण पोखरेलसहितका उच्च अधिकारीलाई राष्ट्र बैंकसहितका १५ वटा बैंकको सिस्टम ह्याक गरी रकम लैजाने चेतावनी बुधबार आएको थियो।

नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नविल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुछ्रे, एमएमबी, एनआसी एसिया, बैंक अफ काठमाडौं, सिटिजन, सानीमा, एसबीआइ, एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट र हिमालयन बैंकको सिस्टम ह्याक गरी ठूलो क्षति पुर्‍याउने चेतावनी इमेल र फोन मार्फत आएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए।  

आफूहरुले अहिलेपनि ’सिस्टम’ लाई सुक्ष्म रुपमा हेरिरहेको उनले बताए। ह्याक गर्ने भनी आएको म्यासेजमा ठूलो क्षति रोक्न सबै शाखा ४८ घन्टा बन्द गर्न र पत्रलाई सामान्य रुपमा नलिन चेतावनी दिइएको छ। नेपाल प्रहरीले भने यसबारे केही जानकारी नआएको बताएको छ। 
 

कमेन्ट लोड गर्नुस