सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोबाइल चार्ज गर्ने विषयमा विवाद हुँदा दाइले गरे भाइको हत्या

२०७८ साउन ७, १०:२४ खबर संवाददाता

काठमाडौँ: सल्यानमा मोबाइल चार्ज गर्ने विषयमा विवाद हुँदा दाइले भाइको हत्या गरेका छन्।

बनगाड कुपिण्डे नगरपालिका–५, खैरागारका १४ वर्षीय कपिल परियारले १३ वर्षीय सन्दीप परियारको हत्या गरेका प्रहरीले बताएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मंगलबार साँझ सन्दीप र कपिलबीच मोबाइल चार्ज गर्ने विषयमा सामान्य विवाद् भएको थियो। विवाद हुँदा कपिलले सन्दीपलाई मुडीले हिर्काएका थिए।

कन्चटमा लागेर बेहोस भएका सन्दीपको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ। कपिल र सन्दीप सहोदर दाजुभाइका छोराहरू हुन्। कपिललाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस