सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावललाई नेपालले भने– दायाँबायाँ नसोची पहिले राजीनामा फिर्ता लिनुहोस्

२०७८ साउन ७, ०६:५५

धनगढी : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष भीम रावललाई सांसद पदबाट दिएको राजीनामा तत्काल फिर्ता लिन आग्रह गरेका छन्। टोखास्थित रावलको निवासमै पुगेर नेता नेपालले आफूले अरु कुरै नसुन्ने भन्दै दायाँबायाँ नसोची राजीनामा फिर्ता लिन आग्रह गरेका हुन्। 

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा पार्टीभित्र बढेको विवाद र एमाले एकताका लागि आफूहरुले गरेको प्रयास सफल नभएपछि रावलले राजीनामा दिएका थिए। 
रावलमाथि सुदूरपश्चिमका सांसदहरुले पनि राजीनामा फिर्ता लिन दबाब बढाएका छन्।

रावलले राजीनामा पेश गरे पनि सभामुख अग्नी सापकोटाले अहिलेसम्म स्वीकृतिको प्रक्रिया थालेका छैनन्। 
 

कमेन्ट लोड गर्नुस