सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेलम्चीका बाढीपीडितलाई आर्थिक सहयोग

२०७८ साउन ६, १०:४७ रासस

मेलम्ची: मेलम्चीका बाढीपहिरो पीडितलाई टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’का अध्यक्ष कृष्ण कँडेलले १८ लाख ३६ हजार १०५ नगद सहयोग गरेका छन्। उनले उक्त रकम मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याललाई आज हस्तान्तरण गरेका हुन्।

उक्त रकम गत असार १ गते आएको बाढीका कारण मेलम्ची नपामा पूर्णरूपमा क्षति भएकामध्येका पनि अतिप्रभावित कमल श्रेष्ठ, ङयन्द्र प्र दुलाल हीराकाजी श्रेष्ठ, रामजी श्रेष्ठ र मछिन्द्र श्रेष्ठलाई, तीन लाख ६७ हजारका दरले घर निर्माणका लागि प्रदान गरिएको अध्यक्ष कृष्ण कँडेलले जानकारी दिए।

सो अवसरमा कँडेलले रेडियो मेलम्चीलाई ५० हजार प्रदान गरेका छन्। स्विडेनमा रहनुभएका हेलम्बु गाउँपालिका–६ निवासी कृष्ण केसीको नेतृत्वमा सङ्कलन गरिएको १५ हजारसहित रु ५० हजार कँडेलले रेडियोका अध्यक्ष डम्बर रसिक भारतीलाई हस्तान्तरण गरेका हुन्।

 

कमेन्ट लोड गर्नुस